अधिकांश स्थानीयतह सील गरिएसंगै फेरि काठमाण्डौं उपत्यकामा सुनसान हुन थालयो
कलाखबर संवाददाता,१ भदौं –काठमाण्डौं । दिनहँु जसो कोरोना संक्रमित बढ्न थाले पछि अहिले काठमाण्डौं उपत्यका फेरि सुनसान हुन थालेको छ । जिल्ला प्रशासनले नाका कडाई गरेसंगै अहिले काठमाण्डौं उपत्यकामा मानव आवतजावत कम हुन थालेको छ ।
अहिले काठमाण्डौं जिल्ला प्रशासनले उपत्यकाका केही वडामा सील गरेको छ भने अनवश्यक र अत्यावश्यक बाहेक अरु सेवा समेत बन्द गरेको छ । यातायातलाई समेत जोरबिजोर प्रणालीबाट चलाउने निर्ण गरेको थियो ।
तर अहिले उपत्यकाका सडक अघिल्लो लकडाउन जस्तै सुनसान हुन थालेको छ । सडकमा छितफुट मात्रमा गाडीहरु देखिन्छन् । कोरोनाबाट बच्न सरकारले ल्याएको नियम नमान्नेलाई आवश्यक कारबाही समेत गरिएको छ । दैनिक रुपमा कोरोना संक्रमित बढन् थालेपछि सचेत रहन सरकारले आग्रह गरेको छ ।