Logo

विराटनगर भन्सारका चार कर्मचारीलाई कोरोना पुष्टि


कलाखबर संवाददाता,१ भदौं –मोरङ । मोरङ(विराटनगरस्थित भन्सार कार्यालयमा कार्यरत चार कर्मचारीमा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला विराटनगरका अनुसार उनीहरुको रिपोर्ट आइतबार आएको हो । केही कर्मचारीमा संक्रमण देखिएपनि भन्सारको काम कार्वाही सुचारु रहेको कार्यालयकी सूचना अधिकारी सूनिता पौडेलले जानकारी दिइन् ।

केहीदिन अघि कर्मचारीमा ज्वरो तथा रुघाको समस्या देखिएपछि गत विहीबार उनीहरुको स्बाब नमूना संकलन गरिएको थियो । २० जना कर्मचारीको स्वाब संकलन गरिएपछि काठमाडौं ४ र १० वडा दुई, तनहुँ भीमाद ८ का एक र सुर्खेत पाँञ्चपुरी ९ घर भएका पुरुष कर्मचारीमा संक्रमण देखिएको हो ।

उनीहरु २८ देखि ५१ वर्ष उमेर समूहका रहेकाछन् । कार्यालयको क्वाटरमा बसोबास गर्दै आएका उनीहरु चारैजना होम आइसोलेसनमा रहेका छन् । सूचना अधिकारी पौडेलले कर्मचारीमा संक्रमण देखिएपछि हाल आवश्यक सुरक्षा अपनाएर कामलाई निरन्तरता दिइएको जानकारी दिइन्। हाल कार्यालयमा कार्यरत थप ११ जनाको पीसीआर नमूना संकलन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्