Logo

उकालो लागेको सुनको मूल्यमा गिरावट,कोरोबार पनि घट्यो


कलाखबर संवाददाता,१ भदौं – काठमाण्डौं । केही दिन अगाडी अप्रत्यासित रुपमा उकालो लागेको सुनको मूल्य अहिले ओरालो लागेको छ । कोरोबार समेत झण्डै ठप्प भएपछि अहिले सुनको मूल्य थप घटेको छ ।

सोमबार सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमाा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार भने सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ तोकिएको थियो । त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति अउन्स एक हजार ९४३ डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्