Logo

कुलमान घिसिङको कमाल,नेपाल विद्युत प्राविधिकरणलाई ११ अर्ब ६ करोड रुपैयाँ नाफा


 

कलाखबर संवाददाता,१ भदौं – काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७६र७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरण अव संचित नाफामा पनि गएको छ । प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो ।

सरकारले आव २०६७र०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२र७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत आवबाट मुनाफा कमाउन सफल भएको हो । आव २०७२र७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरुमा निरन्तर नाफामा छ ।

प्राधिकरणले आव २०७३र०७४ मा एक अर्व ४७ करोड, आव २०७४र०७५मा २ अर्व ८५ करोड, आव २०७५र०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ । जसको श्रय कार्यकारी प्रमुख कुलमान घिसिङलाई आम जनताले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्