वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधनले देश शोकमा

कलाखबर संवाददाता,१ भदौं – काठमाण्डौं । कलाकार तथा वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधनले देश शोकमा डुबेको छ । ७२ बर्षको उमेरमा शनिबार उनको आफनै निवासमा निधन भएका हुन् । केही समयदेखि निमोनिया रोगले थला परेकी उनी अस्पतालबाट डिस्चार्ज गरेको केही दिनमा डल्लु स्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
लामो समय करिब चार दशक कलाकारिता क्षेत्रमा समय विताएकी उनले सयौं चलचित्रमा अभिनय गरी सकेकी हुन् । उनले अभिनय, गरेका, चलचित्र,मा चिनो, कन्यादान, भाउ,जु ,लगायते चर्चि,त छन्। उनका १ छोरा र छोरी छन्।
दर्जनौ नाटक, टेलिश्रृखंला, तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा, गरेको छुच्ची, सासूको भूमिका लागि चर्चित छिन्। उनको पहिलो फिल्म ‘मनको बाँध’ हो।