Logo

आज देशभर ६४१ जनामा कोरोना, जसमध्य काठमाण्डौं उपत्यकामा मात्रै १७२ जना


कलाखबर संवाददाता,३२ साउन–काठमाण्डौं । राजधानी काठमाण्डौंमा अहिले सम्मकै उच्च संख्यमा आज एकै दिन १७२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १७२ जना थपिएका हुन् । योसँगै उपत्यकामा जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले १२ हजार २ सय ४७ जनाको पिसीआर परिक्षणमा ६ सय ४१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् । त्यसैगरी आज २४ घन्टामा १३४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् ।

आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ३ सय ३५ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना र ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्