भक्तपुरको मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र पूर्णरुपमा लकडाउन, मानव आवतजावत ठप्प
कलाखबर संवाददाता,३२ साउन –काठमाण्डौं । काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमित बढ्न थालेपछि संक्रमणले भ’यावह रुपमा लिन सक्ने देखिएपछि आज ९साउन ३२० देखि भदौ ९ गतेसम्मका लागि भक्तपुरको मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र लकडाउन गरिएको छ ।बढ्दो संक्रमणलाई समुदायस्तरमा फै’लिन नदिन नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित शनिबार साँझ बसेको आ’कस्मिक बैठकले मध्यपुरथिमी नगर क्षेत्र आउँदो भदौ ९ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्थाका कारण स्थिति थप बिग्रन नदिन भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको बताएका छन् ।नगरपालिकाले अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने तथा अन्य व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय भएको छ ।
नगरपालिकाले सङ्घीय सरकारलाई अरनिको राजमार्गमा यातायातका साधन सञ्चालनमा रो’क लगाउन पनि माग गरेको छ । तत्कालका लागि अरनिको राजमार्गमा कुनै सवारी साधन रो’क्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउनको निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।उनका अनुसार नगरपालिका क्षेत्रभित्र कुनै पनि सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रो’क लगाइएको छ । त्यसैगरी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल पनि शनिबार शिल गरिएको छ ।
अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल ब’न्द गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालमा कोरोना संक्रमित भेटिएपछि आ’कस्मिक कक्ष बाहेकका सम्पूर्ण सेवा ब’न्द गरिएको हो ।संक्रमित नर्स तथा कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिएको र कर्मचारीलाई क्वा’रेन्टिनमा राखिएको उनले जानकारी दिए । शनिबारसम्म भक्तपुरमा १२४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।