Logo

वरिष्ठ ३ नेपालका चिकित्सकलाई पनि कोरोना पुष्टि


कलाखबर संवाददाता,३२ साउन –काठमाण्डौं । फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा। तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा।डा। सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा।कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने नर्सलाई संक्रमण भएको थियो । संक्रमित डा। तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् । अनलाइनखबरसँग कुरा गर्दै डा. तिवारीले आफ्नो अवस्था सामान्य रहेको बताए ।

संक्रमण कसरी भयो भन्ने बारेमा अहिलेसम्म केही थाहा हुन नसकेको डा। तिवारीको भनाइ छ । यस्तै, अस्पतालका प्रसूति रोग विभागका प्रमुख प्रा।डा। सुनिलमणि पोखरेल पनि अस्पतालकै क्याविनमा बस्न आउँदै गरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । प्रा।डा। पोखरेललाई भने हल्का ज्वरो र सामान्य खोकी लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्