Logo

सरकारले बार्षिक रुपमा किसानका लागि छुटाइएको बजेट रकम र अनुदान आखिर किन वास्तविक कृषकले पाउदैन


कलाखबर संवाददाता,३२ साउन –काठमाण्डौं । सरकारले कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत किसानका लागि ऋण दिँदै आइरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यस्तो ऋण २३ हजार ३ सय १८ जना ऋणीले यस्तो ऋण उपभोग गरेका छन् । यसका लागि ५१ अर्ब ५७ करोड रूपैयाँ लगानीमा रहेको केन्द्रीय बैङ्कका प्रवक्ता गुणाकार भट्ट बताउँछन् । सरकारले किसान लक्षित कार्यक्रममा बर्सेनि बजेट छुट्याए पनि त्यस्ता कार्यक्रमको प्रत्यक्ष लाभ वास्तविक किसानले लिन नपाएको किसानहरूले गुनासो गरेको छन् । राष्ट्रिय कृषक महासङ्घका अध्यक्ष नवराज बस्नेतले सरकारले वास्तविक किसानको पहिचान नै नगरी गैरकिसानलाई लाभ दिएको आरोप लगाए ।

ब्याजमा अनुदान, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जस्ता कृषक लक्षित कार्यक्रम कस्तो हुन्छ भन्ने अनुभव आफु र महासंघ सम्बध कुनै पनि किसानले गर्न नपाएको बताए । अनुदान दिदा जो खनिखोस्री कृषि पेशा गरेर बसेका किसान छन् उनीहरूले राज्यको सेवा सुविधा पाउनुपर्ने र किसान बर्गीकरण हुनुपर्ने उनको धारणा छ । तर यता बाँकेका किसान मगनसिंह थापाले भने गत वर्ष २ बिघा तरकारी खेती गर्न कृषि ज्ञान केन्द्रबाट चार लाख लिएका रहेछन् । सो अनुदानका लागि पहिला नै खरिद बिल पेस गर्नुपर्ने भएकाले झन्झटिलो भएको उनले बताए ।

अनुदान लिन धेरै पटक धाउनु परेकाले यस पटक अनदान नलिने पक्षमा उनी पुगेका छन् । टमाटर खेतीबाट घाटा भएपछि भाडामा लिएको जग्गासमेत फिर्ता गरिसकेका छन् । यद्यपि कोभिडका कारण गाउँ फर्केका जनशक्तिहरूले पहाडी जिल्लाका अधिकांश भूभाग खेती गरेर हरियाली बनाएको राष्ट्रिय कृषक महासङ्घका अध्यक्ष नवराज बस्नेतले बताए । सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, झापामा गरेको स्थलगत अध्ययनमा युवाहरू कृषिमा लागेका देखिएको छ ।

महासङ्घले अहिले कोभिडपछि कृषिमा कस्तो असर परेको छ भन्ने अध्ययन गरिरहेको छ । यता सिराहाका किसान अमिरलाल यादव सहरमा बसेका जनशक्तिले केही बाँझो भूमिमा तरकारी खेती गर्न थालेको बताउँछन् । लाहानको १३ नम्बर वडामा केही युवाले बाँझो रहेको खेतमा कृषि फर्म गरेका छन् । बाँके खजुरा गाउँपालिका वाड नम्बर १ का मगनसिंह थापा सामान्य किसानलाई सरकारको अुनदान कसरी लिने भन्नेसमेत थाहा नभएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्