सबै सेवा बन्ध गर्न जिल्ला प्रशासनद्वारा उर्दी जारी, अघोषित रुपमा काठमाण्डौं उपत्यकामा फेरि लकडाउन
कलाखबर संवाददाता,३० साउन –काठमाण्डौं । काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ को संक्रमण र मृतक संख्या बढ्दै गएपछि फेरि कडाई गर्ने निर्णय गरेको छ । उपत्यकामा जोख्खिम बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढि काम कारवाही र व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका छन् ।
जारी गरिएको सूचनामा खुल्ला स्थानमा जम्मा हुन र अनावश्यक रुपमा आवतजावत,पूजापाठ,भोजभत्तेर गर्न नपाईने उल्लेख गरिएको छ । साथै भीडभाड सभा र जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गर्नुपर्नेछ । त्यसैगरी स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको दाहालले जारी गरेको सूचनामा उल्लेख छ ।
यो नियम साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ । होटल, रेष्टुरेण्ड,ब्यूटीपालर,शैलुन् कवाडी,फुटपाथ,ठेला समेतलाई पूर्ण रुपमा निषेध गरिएको । सबै जिल्लामा एक जिल्लाबाट अर्को जिल्ला जाने मानिस लगायत यातायातमा पनि थप कडाई गरिएको छ । एक जिल्लाबाट अर्को जिल्ला जाने पास पनि जिल्ला प्रशासनले बन्द गरेको छ । अब अघोषित रुपमा काठमाण्डौं उपत्यकामा फेरि लकडाउन नै भएको छ ।