पहिरो गएको सिन्धुपाल्चोक बस्तिमा फेरि पुगे सभामुख अग्नि सापकोटा

कलाखबर संवाददाता,३० साउन –काठमाण्डौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका मानव बस्तिमा फेरि पहिरो गएको छ । सो पहिरोमा २२ घर पुरिदा ३६ जना बपत्ता भएका छन् । पाँच जना भने गम्भिर घाईते भएका छन् । घाईतेलाई उचार गराई रहेका छन् भने बेपत्ता भएका ३६ जना खोज्ने काम भई रहेको छ ।
घटनाको निरीक्षण गर्न प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा तत्काल पहिरो गएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा त्यहाँ पुगेका हुन् ।
अहिलेसम्म कसैको सब निकालिएको छैन। ५ जना गम्भीर घाइतेहरूलाई चौतारा लगिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।