कोरोना भाइरसका कारण नेपालमा एकै दिन १० संक्रमितको मृत्यु
कलाखबर संवाददाता,२८ साउन–काठमाण्डौं । कोरोना भाइरसका कारण नेपालमा एकै दिन सर्वाधिक संक्रमितको मृत्यु पुष्टि भएको छ भने ४८४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिन १० जना संक्रमितको मृत्यु पुष्टि भएको जनाएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् ।