Logo

अब लकडाउन नगर्ने बरु नयाँ नियम अवलम्बन सरकारको निर्णय


कलाखबर संवाददाता,२७,साउन–काठमाण्डौं । दिनहुँ कोरोना संक्रमित बढ्न थालेपछि फेरि लकडाउन हुन्छ भन्ने हल्ला चले पनि अब सरकारले त्यो निर्णय नगर्ने भएको छ । बरु सरकारले कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गर्दै नयाँ नियम लागु गर्ने भएको छ । फेरि लकडाउन हुने चर्चा भए पनि सरकारले देशव्यापीरुपमा बन्दाबन्दी गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

काठमाडौं उपत्यका प्रवेशमा पूर्णरुपमा रोक लगाउनुपर्ने र सार्वजनिक यातायात बन्द गर्नुपर्ने काठमाडौं उपत्यकाका स्थानीय तहहरुको मागलाई पनि सरकारले अस्वीकार गरेको छ । तर, सक्रिय संक्रमित २०० भन्दा बढी भएका जिल्लाबाट अन्यत्र जान रोक लगाउने, भदौ १ बाट खुला गर्ने भनिएको लामो दुरीका निजी तथा सार्वजनिक यातायात तथा आन्तरिक र बाहृय हवाई सेवा थप १५ दिन नखोल्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्