Logo

लामो दुरीका यातायात र हवाई सेवा भदौ १६ भन्दा अगाडी नखुलाउने सरकारको निर्णय


कलाखबर संवाददाता,२७,साउन–काठमाण्डौं । दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेपछि फेरि सरकारले भदौ १६ भन्दा अगाडी लामो दुरीका यातायात र हवाई सेवा नखुलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो । आन्तरिक तथा बाहृय हवाई सेवा पनि १६ बाटै खुल्नेछ ।

यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट खुला गर्ने निर्णय गरेको थियो । उद्धार फ्लाइटबाट पनि दैनिक ५०० मात्र ल्याइने भएको छ । सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र आउन अडान अनुमति दिइनेछ ।

यसरी आउनेहरुलाई उपत्यकामा क्वारेन्टिन गरिनेछ । क्वारेन्टिनमा बसेको ५ देखि ७ दिनभित्र पीसीआर टेष्ट गर्ने र संक्रमण नदेखिए मात्र सम्बन्धित गन्तव्यमा पठाइनेछ । भदौ १ गतेबाट सञ्चालन गर्ने भनिएको शैक्षिक संस्था पनि अर्को सूचना जारीनभए सम्म बन्द नै रहने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्