ठूलो संख्यामा नेकपा त्यागेर युवा कार्यकर्ताहरु नेपाली काँगे्रसमा प्रवेश

कलाखबर संवाददाता,२७,साउन –काठमाण्डौं । नेकपा माओवादीको आधार इलाका मान्दै आएको रामेछापको दोरम्बाका तीन दर्जन भन्दा बढि युवाहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री डा। सशाङ्क कोइरालाले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
कोइरालाकै निवासमा आयोजित एक कार्यक्रममा ती युवाहरुलाई स्वागत गर्दै महामन्त्री समेत रहेका कोइरालाले नेकपा छोडेर तीन दर्जन युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेकोमा आफूमा नयाँ उर्जा थपिएको बताए । महामन्त्री कोइरालाले कम्युनिष्टहरुको कुसाशनका कारण नागरिकमा अविश्वास जागेको दावी गरे ।
उनले नेपाली कांग्रेस भनेको संघर्षको पर्यायवाची भएको भन्दै अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउन युवाहरुलाई आह्वान गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वोय बद्री पाण्डे, जीवन परियार, नेपाली कांग्रेसका नेता राचन्द्र खड्का, नेपाली कांग्रेस रामेछापका जिल्ला सभपाति लवश्री न्यौपानेले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।
नेपाल विद्यार्थी संघका नेता दिपेन्द्र खड्काकाअनुसार दोरम्बाको वडा नम्बर ६ का नवराज गौतम, दिपेन्द्र गौतम विनाद गौतम, कुमार गौतम, सागर न्यौपानेलगायत अधिकांश युवाहरु नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रामेछापको दोरम्बा र वेथानलाई तत्कालीन माओवादीहरुले आधार क्षेत्र मान्दै आएका थिए । सो क्षेत्रका अधिकांश युवाहरु कम्युनिष्टहरुको भ्रष्ट चरित्रका कारण कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी नवराज गौतमले बताए ।