काठमाण्डौं उपत्यकाको १३४ सहित आज एकै दिनमा ६३८ जनामा कोरोना पुष्टि

कलाखबर संवाददाता,२७,साउन –काठमाण्डौं । आजै एकै दिनमा काठमाण्डौं उपत्यकाको १३४ जना सहित देशभर ६३८ जनमा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ६३८ जना संक्रमित थपिएको जानकारी दिए ।
२४ घण्टामा काठमाडौं उपत्यकामा १३४ जना संक्रमित देखिएका छन् । काठमाडौंमा ११० जना, ललितपुरमा १४ र भक्तपुरमा १० जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्ला २४ घण्टामा १०,४६२ पिसिआर परीक्षण गरिएको छ । १७१ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । जम्मा डिस्चार्ज हुनेको संख्या १६,६६४ जना रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७,२०१ रहेको छ ।