कक्षा १२ को परिक्षा पनि बोर्डले नलिने,११ को जस्तै गरि मूल्याङ्कनको आधारमा हुने तयारी

कलाखबर संवाददाता,२७ साउन–काठमाण्डौं । अन्त त कक्षा १२ को परिक्षा पनि नहुने सम्भावना देखिएको छ । पुरानै तरिकाबाट दशै अगाडी कक्षा १२ का विद्यार्थीको परीक्षा सञ्चालन गर्ने भनिए पनि अन्तिममा नहुने संकेत बुझिएको छ । अब कुन तरिकाबाट कक्षा १२ को नतिजा प्रकाशन गर्ने भन्नेमा विभिन्न विकल्पमा छलफल सुरु गरिएको छ ।
अब विकल्पका रूपमा कक्षा ११ कै जसरी विद्यार्थीको मूल्याङ्कनको अन्तिम अधिकार विद्यालयलाई दिने विषयमा छलफल भइरहेको छ । कक्षा १२ मा विद्यार्थीको परीक्षा लिनैपर्ने प्रावधान भएकाले परीक्षाको विकल्पलाई कसरी खुलाउने भन्ने हिसाबमा आफूहरू छलफलमा जुटेको परिक्षा बोर्डले जनाएको छ ।
यसका लागि पटक पटक गरेर परीक्षा लिने, अनलाइन या अन्य माध्यमको प्रयोग गरेर परीक्षाको प्रक्रिया पूरा गर्ने विषयमा छलफल थालिएको र छिट्टै निर्णय लिने पनि परिक्षा बोर्डले जनाइएको छ । यस खालको नीतिगत निर्णय लिने अधिकार हाल बोर्डमा नरहेकाले सरकारसित अधिकार दिन बोर्डले माग गरेको छ ।
स्वतन्त्र तरिकाले काम गर्न सकिएको अवस्थामा कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन तथा प्रमाणीकरण गरी बाटो खोल्ने सोचमा आफूहरू रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलको भनाई रहेको आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।