उपत्यकामा भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने
कलाखबर संवाददाता,२६,साउन–काठमाण्डौं । उपत्यकाका स्थानीय तहहरुले भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेको छ । उपत्यका नगरपालिका फोरमले कोरोना संक्रमण बढेको भन्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र अरुमा जोविजोर प्रणाली लागू गर्न माग गरेको हो ।
तीन हप्तासम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गर्न पनि माग गरेका छन् ।नगरपालिकाहरुले अत्यावश्यक बाहेकका दिने सेवा भने अब तीन हप्ताका लागि बन्द भएको छ । तर सरकारले गरेको जोरबिजोर प्रणालीमा भनेजस्तो कडाई नभएकोले सरकारको आलेचना भई रहेको छ ।
स्थानीय सरकारहरुले राजधानी प्रवेश नाकामा कडा गर्नुपर्न समेत सरकारलाई आग्रह गरेका छन् । अबैध रुपमा मानिसहरु प्रवेश गर्ने र गराउने कार्य रोक्नुपर्नेमा समेत उपत्यका नगरपालिका फोरमले जोड दिएको छ ।