देशभर कोरोना संक्रमित बढयो,अब के गर्छ सरकार

कलाखबर संवाददाता,२६,साउन –काठमाण्डौं । पछिल्लो समय ह्वात्तै कोरोना संक्रमित बढेको छ । आज सोमबार मात्र ३३८ जनामा कोरोना देशभर कोरोना संक्रमित पुष्टि भएको हो ।
योसंगै कुल संक्रमितको सख्या २३ हजार ३ सय १० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमणमुक्त भएका छन् । आज १४० जना संक्रमणमुक्त भएको डा। गौतमले जानकारी दिए । यो बिषयमा केन्द्रित भएर आजको मन्त्रिपरिषदमा छलफल गर्ने पनि बुझिएको छ ।