Logo

आईतबार ३८० जनामा कोरोना पुष्टि जस मध्य काठमाण्डौं उपत्यकामा मात्रै ९२ जना


कलाखबर संवाददाता,२५,साउन –काठमाण्डौं । नेपालमा आज ३८० जनामा कोरोना भाईरस देखिएका छन् । जस मध्ये काठमाण्डौं उपत्यकामा मात्रै ९२ रहेका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६ पुगेको हो ।

काठमाडौंमा ९ सय १२, ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् ।

योसंगै कुल संक्रमितको सख्या २२ हजार ९ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४० संक्रमित डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कुल संख्या १६ हजार ३५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्