Logo

गोंगवुको गणेशस्थानमा टाउको र शरीर अलग अलगै राखिएको अवस्थामा शव फेला


कलाखबर संवाददाता,२५,साउन–काठमाण्डौं । काठमाण्डौंको गोंगवु गणेशस्थानमा टाउको र शरीर अलग अलगै राखिएको अवस्थामा शव भेटिएको छ । हत्या गरेर शवलाई सुटकेशमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए । शव फेला परेको स्थानभन्दा दुई सय मिटर पर टाउको भेटिएको छ ।

‘टाउको जेब्रा झोलामा फेला परेको छ’ डिएसपी केसीले भने । टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेका छन् । हत्यारा को हो, र किन गरियो भन्ने कुरा अनुसन्धान भई रहेको छ । हत्यारालाई प्रहरीले खोजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्