Logo

अविरल बर्षाले जमिन गलेपछि पहिरो जादा नरायणगढ मुग्लिन सडक अवरुद्ध


कलाखबर संवाददाता,२४,साउन–काठमाण्डौं । पहिरोका कारण नरायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पटक पटक अवरुद्ध हुदै आएको मुग्लिन सडकमा शनिबार साँझ सुख्खा पहिरो खस्दा फेरि पनि अवरुद्ध बनेको छ । अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो हटाउने उपकरण तयारी अवस्थामा राखिएको छ । पहिरोस्थलमा अहिले काम गर्ने सम्भव नभएकोले सबै उपकरण तयारी अवस्थामा राखिएको प्रहरी कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम शुरु गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्