Logo

उपत्यका लगायत विभिन्न स्थनमा कहाँ कति थपिए संक्रमित ?


कलाखबर संवाददाता,२४,साउन–काठमाण्डौं । अहिले काठमाण्डौं उपत्यका लगायत विभिन्न स्थानमा कोरोना संक्रमित थपिएको छ । संक्रमित संख्या थपिएपछि फेरि सरकारले कडाई गर्न थालिएको छ । यातायात सेवामा पनि जोरबिजोर लागु गरिएको छ भने सरकारी अन्य सेवा पनि फेरि बन्ध गर्ने निर्णय गरिएको छ ।

आज काठमाडौं उपत्यकामा मात्र ६२ जनामा संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३र३ जना थपिएका छन् । यस्तै पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७र७ जना तथा मकवानपुरका ६ जनमा संक्रमण पुष्टि भएको छ ।

रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४र४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३र३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २र२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्