Logo

उपत्यका लगायत विभिन्न स्थनमा कोरोना संक्रमित बढ्यो,फेरि खतराको घण्टी बज्दै


कलाखबर संवाददाता,२४,साउन–काठमाण्डौं । लकडाउन खुले लगतै फेरि कोरोना भाईरस संक्रमन संख्या बढ्न सुरु भएको छ । लकडाउनको अवधीभर उपत्यकामा केही पनि संक्रमित संख्या नदेखिएको अहिले सबै भन्दा बढी फेरि यही काठमाण्डौं उपत्यकामा देखा पर्न थालेका छन् ।

लकडाउनको अन्तिम समय सम्ममा संक्रमित घटेर १०० जना भन्दा कम मात्र देखा परेको थियो । अहिले फेरि त्यो संख्या बढेर दैनिक ३०० भन्दा माथी पुगेको छ । पछिल्लो २४ घण्टामा आज मात्र ३७८ जनामा कोरोना भाइरस (कोभिड) १९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्