Logo

ख्रिश्चियन गुुरु पास्टरले मरेको मान्छेलाई सात दिनपछि जिउँदो हुने भनेपछि घरमै लाश कुहिइयो


कलाखबर संवाददाता,२१,साउन– टिकापुर । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिसलाई सात दिनपछि जिउँदो बनाउने ख्रिश्चियन गुुरु पास्टरले झुटो आस्वासन दिएका छन् । जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ। तर लाश जिउँदो हुनुको साटो पाँच दिन पछि स्थानीय दीपक चौधरीको घरभित्र उल्टै गन्हाउन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो। बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो।

शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको विरामी थिए। कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृ’त्यु भएको थियो। मृ’त्युपछि पाँच दिनअघि थप उपचारका लागि पास्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिएका छन्। पास्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए। पास्टर चौधरी पनि लासमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए । तर मंगलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताए।

पास्टर दीपकले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए। मंगलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको छ। प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

यो घटनाले ख्रिष्चियनहरु कतिको झुटको खेती गर्छन र समाजलाई अन्धो बनाउन खोज्छन् भन्ने कुरा पुष्टि भएको छ । अनेक प्राकृतिक प्रकोप,घट्ना,महामारी फैलिदा समेत झुटको खेती गर्न उनीहरु पछि पर्दैनन । अरुको धर्मकर्मलाई होच्याउदै यशुको प्रवचन र विज्ञापन गर्दै यी धर्मावलम्बीहरु अरुको घरघरमा घुम्ने गर्छन् । कसैको परिवारमा मृतक लाशसँग समेत खेलवाड गरेर परिवारलाई झुटो भुमरी भित्र पार्नु कतिको उच्चित होला ?

प्रतिक्रिया दिनुहोस्