Logo

धरानमा आजबाट फेरि एक हप्ता लकडाउन हुँदै


कलाखबर संवाददाता,२१,साउन–धरान । कोरोना भाईरसको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले आज राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आज बसेको कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गने निर्णय गरेको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए।

औ’षधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको पनि अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । अहिले फेरी कोरोनले उग्ररुप लिएपछि सबैमा त्रास छाएको छ । काठमाण्डौं उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन गर्ने हल्ला चलेको छ । तर अहिले सम्म कुनै ठोस निर्णय भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्