Logo

नेकपाको विवाद किन झन पेचिलो भन्दैछ ? मंगलबारको बैठकमा प्रचण्ड कसरी प्रस्तुत भए ?


कलाखबर संवाददाता,२१,साउन–काठमाण्डौं । लामो समयदेखि नेकपामा उत्पन्न नेपकपामा उत्पन्न बिबाद समधान हुनुको साटो झन पेचिलो भन्दै गएको छ । मंगलबार वालुवाटारमा दुई अध्क्षबीच बसेको बैठकमा ठोस निर्णय ननिस्कए पछि पार्टीको विवाद समाधानका लागि आज पनि बालुवाटारमा बैठक बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साँझ ५ बजेका लागि तय भएको बैठकमा समाधानको बिन्दु तयार गर्नेबारे छलफल हुने बुझिएको छ । हिजोको बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की भएपछि विवाद झन् पेचिलो बनेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झन् एकलौटी ढंगले पार्टी चलाएको भन्दै प्रचण्डले असन्तुष्टि पोखेका थिए । उनले ओलीको सन्देश बोकेर बालुवाटार आउने दोस्रो पुस्ताका नेताहरुलाई दासको संज्ञा दिइसकेका छन् । यसबाट अब प्रचण्ड खरो रुपमा अगाडि बढ्ने संकेत गरेका छन् । प्रचण्डले हिजो भैंसेपाटी पुगेर उपाध्यक्ष बामदेव गौतमलाई भेटेका छन् । भेटमा गौतमले प्रस्ताव गरेको छ बुँदेबारे छलफल भएको बुझिएको छ । प्रचण्डले छ बुँदामा केही परिस्कृत गरे कुरा मिल्ने बताएको स्रोतले बताएको छ ।

प्रचण्डले ओलीले पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने बुँदा थपेर जानुपर्नेमा जोड दिएको बुझिएको छ । यसो भएमा कुरा मिल्नसक्ने उनको भनाई थियो । आफूहरुले प्रधानमन्त्री नै छाड्नुपर्छ नभन्ने तर ओलीले पार्टी र सरकार दुवै एकैपटक संचालन गर्न नसक्दा कमजोरीहरु देखिएको विषय राखेका थिए । सहमतिको बिन्दु ओलीले एक पद छाड्नुपर्नेसम्म हुनसक्ने र त्यो हदसम्म लचिलो हुनसकिने प्रचण्डको भनाई थियो । बामदेवले यसबारे थप छलफल गर्न सकिने धारणा राखेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्