Logo

लेबनानको राजधानी बेरुतमा विष्फोट हुुँदा ७० जनाको मृत्यू


कलाखबर संवाददाता,२१,साउन–काठमाण्डौं । लेबनानको राजधानी बेरुतमा मंगलबार विष्फोट हुँदा कम्तिमा ७० जनाको ज्यान गएको छ । गोदाममा राखिएको विष्फोटक पदार्थ अचनाक विष्फोट भएको हो । सो विष्फोटमा कम्तिमा ७० जनाको ज्यान गएको लेबनानका स्वास्थ्यमन्त्रीले जनाएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् ।

यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् । गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको बताइएको छ ।

त्यहाँ २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट रहेको थियो । राष्ट्रपति माइकल इयोनले ट्वीट गरेर भनेका छन्, ‘२ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्वीकार्य छ ।

सामाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले बताएअनुसार गोदाम घर वरपरका भौतिक संरचनाहरु पनि ध्वस्त भएका छन् । विष्फोट यति भयानक थियो कि त्यसको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्