Logo

महानगरपालिकाको नियम उल्लंघन गर्दै भक्तपुरमा मनाइयो गाईजात्रा


कलाखबर संवाददाता,२०,साउन–काठमाण्डौं । महानगरपालिकाले कोरोना कहरको कारण यो बर्षको जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्राको दिन धेरै भीडभाड नगर्न सूचना जारी गरेका थिए । तर भक्तपुरको स्थानीय बासिन्दाहरुले भने महानगरपालिकाको त्यो नियमलाई खेलाची जस्तै गरेको पाइएको छ । गाईजात्रा हेर्न काठमाडौं उपत्यकामात्र नभई काभ्रेदेखिका मानिसहरु समेत आउने भक्तपुर मन्दिरमा सदाको जस्तै निकै मानिसहरुको भीडभाड देखिएको छ ।

भक्तपुरका विभिन्न क्षेत्रबाट गाईजात्राको दिन बाजागाजासहित निकालिने झाँकीले नगर परिक्रमा गर्दा ठूलो भीडसमेत लाग्छ । तर यस वर्ष कोरोना भाइरसको महामारीका कारण गाईजात्रा विगतमा जस्तो उत्सवमय हुन पाएन । यद्यपि भक्तपुरको गाईजात्रामा सयौं मानिसहरु भेला भए, जसले कोरोना महामारी फैलिने खतरा भने बढाएको छ ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन, जात्रा तथा धार्मिक सभाहरु गर्न रोक लगाए पनि भक्तपुरमा त्यसको पालना भएन । बाहिर निस्कदा कम्तीमा २ मिटरको दूरी कायम गर्ने, मास्क लगाउने, बालबालिका र वृद्धवृद्धालाई घरबाहिर ननिस्कन सरकारले आग्रह नै गरेको छ । तर भक्तपुरमा एकअर्काबीच दुई मिटरको सामाजिक दुरी कायम गर्न असम्भव जस्तै थियो भने केहीले मात्र मास्क लगाएका थिए ।

विगत लामो समयदेखि सिस्नोपानी कलाकार समूले पनि भव्यरुपमा मनाउदै आएको गाईजात्रा यो वर्ष स्थगित गरेको छ । यो बर्ष सिस्नोपानी सहूले सधैं प्रज्ञाभवनमा गर्दै आएको गाईजात्रा स्थगित गरेर रिपोर्टस क्लव नेपालमा पत्रकार साक्षात्कार कार्यक्रम गरेका थिए । कार्यक्रममा सहभागी कलाकारहरुले सबै नेता तथा कार्यकर्ताहरुलाई व्यङग्य प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्