Logo

अहिले सम्मकै सुनको मूल्य उच्च हुदै,प्रतितोला लाख नजिक


कलाखबर संवाददाता,२०,साउन–काठमाण्डौं । अहिले सम्मकै सुनको मूल्य उच्च भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । छापावाला सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार र सोमबार सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य मंगलबार पनि स्थिर रहेको छ । यस हफ्ता कारोबार सुरुभए संगै एकै मूल्यमा खरिदबिक्री भएकोमा मंगलबार पनि चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ तोकिएको छ ।

महामारीका कारण सुनको मूल्य अन्तराष्ट्रिय बजारमा बढेकाले नेपाली बजारमा पनि ऐतिहासिक रेकर्ड कायम गरिरहेको हो।

प्रतिक्रिया दिनुहोस्