सुनको मूल्य इतिहासकै उच्च, प्रति तोला ९१ हजार ७०० सय

कलाखबर संवाददाता,१७,असार – काठमाण्डौं । आज सुनको बजारमा अहिले सम्मकै उच्च रहेको छ । बुधबार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ७०० सय पुगेको हो ।
मंगलबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९१ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
संघका अनुसार यसअघि असार १५ मा सबैभन्दा धेरै ९१ हजार ३०० थियो । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ। यसअघि सुनको मूल्य यतिधेरै कहिल्यै भएको थिएन ।
महासंघका अनुसार बुधबार तेजावी सुन तोलामा ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ९६० रुपैयाँमा कारोबार भएको हो ।