नयाँ एमाले पार्टी दर्ता भएपछि नेकपामा खैलाबैला,अधिकाँशबाट प्रधानमन्त्री ओलीको राजिनामाको माग
कलाखबर संवाददाता,१७,असार – काठमाण्डौं । निर्वाचन आयोगको कार्यलयमा नेकपा एमाले नामको नयाँ पार्टी दर्ता भएपछि नेकपा फुटको संघारमा पुगेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को नियमित एजेण्डा को लागि मंगलबारको स्थायी समिति बैठकमा यस विषयमा खैलाबैला नै भएको हो । नेकपा अध्यक्ष प्रचण्ड लगायत पार्टीका अधिकाँश उच्च शिर्षष्ठ नेताहरुले बैठक कक्षमा नै ओलीको राजिनामा माग गरेका थिए ।
पार्टी र सरकार चलाउन नसकेको भन्दै ओलीको आलोचना भएपछि बैठकस्थलबाटै ओली बाहिरिएका हुन् । पूर्व नेकपा एमालेका वरिष्ठ नेतादय झलनाथ खनाल,बामदेव गौतम, लगायतले खुलेरै ओलिको राजिनामा मागेका थिए । बैठकमा वरिष्ठ नेता नेपालले पार्टी फुटाउने योजना अनुसार ओलीकै योजनामा नेकपा एमाले दर्ता गर्न लगाइएको भन्दै यसबारे प्रस्ट पार्नुपर्ने माग गरे ।
नेतादय झलनाथ खनालले ‘यस्तो आश्चार्य कसरी भयो रु भनेर ओलीलाई प्रश्न गरेका थिए । एक स्थायी समिति सदस्यले खनालको भनाइ उदृत गर्दै ‘यो गम्भीर षड्यन्त्र हो भनेका थिए । बैठकमा अधिकांशले पार्टी फुटाउने षयन्त्र भएको भन्दै प्रस्ट जवाफ बैठकमा आउनु पर्ने धारणा राखेका थिए । त्यस्तै उपाध्यक्ष बामदेव गौतमले पनि मंगलबारको बैठकमा ओलीको राजीनामा मागेका छन् ।
पार्टी दर्ताबारे धारणा राख्दै गौतमले पार्टीभित्रै यस्तो षड्यन्त्र हुन्छ भने हामीले प्रधानमन्त्री ओलीको किन राजीनामा नमाग्ने भन्दै प्रश्न गरेका थिए । मंगलबारको बैठकमा बोल्ने १७ मध्ये १२ जनाले प्रमको राजीनामा मागेकाथिए । अरु ५ ले सरकारको आलोचना गरे पनि राजीनामा भने मागेका थिएनन । सन्ध्या तिवारीले नेकपा एमाले नामको नयाँ पार्टी दर्ता गराए पनि पार्टी बैठकमा समस्या आएको हो ।