सिमकार्ड र रिचार्जकार्डमा २ प्रतिशत कर लगाउने सरकारको निर्णय ठीक की बेठिक ?
कलाखबर संवाददाता,१४,साउन–काठमाण्डौं । अब सरकारले सिमकार्ड र रिचार्डकार्डमा समेत कर लगाउने भएको छ । नयाँ आर्थिक बर्षको कर बढेसँगै मोबाईल प्रयोगकर्ताको सिमकार्ड र रिचार्जकार्डमा पनि कर लगाउने निर्णय गरेको मन्त्री युवाराज खतिवडाको भनाई रहेको छ । यो निर्णय अनुसार अब मोबाइल प्रोगकर्ताले २ प्रतिशत कर बढी तिर्नुपर्ने देखिएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिम कार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व शुल्क लिने निर्णय गरेको थियो । नयाँ आर्थिक वर्ष सुरु हुने दिन साउन १ देखि टेलिकम सेवा प्रदायकले यसको कार्यान्वयन सुरु गरेका हुन् ।
नयाँ आर्थिक वर्षदेखि कर बढेको जानकारी दिने गरी नेपाल टेलिकमले आफ्ना सबै ग्राहकलाई एसएमएस गरेपछि सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ । दुई वर्षअघिको बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत कर बढाएको भनी आलोचित अर्थमन्त्री खतिवडाले यो पटकको बजेटमा रिचार्ज र सिम कार्डमा पनि २ प्रतिशत कर बढाएका हुन् ।
यसअघि यो शीर्षकको कर ल्यान्डलाइन फोन र पोस्टपेट सिममा एक पटकका लागि ५ सय रुपैयाँ तय गरिएको थियो । अब भने उपभोक्ताले जुनसुकै सिम र रिचार्ज कार्ड किन्दा २ प्रतिशत अतिरिक्त महसुल तिर्नुपर्नेछ ।
पोस्टपेड मोबाइलमा लिँदा स्वामित्व शुल्कबापत एक पटक तिर्नुपर्ने ५ सय रुपैयाँ भने हटेको आजको कान्तिपुर दैनिकमा खवर छ । यो नयाँ खबरसँगै फेरि मन्त्री खतिवडा आलोचित भएका छन् ।