Logo

तरकारीको भाउ आकाशियो,उपभोक्ता मर्कामा,बिचैलियाको हालीमुहाली


 

कलाखबर संवाददाता,१२,साउन–काठमाण्डौं । अहिले तरकारीको भाउ आकाशिएको छ । लकडाउनको बेला सस्तोमा खाएको तरकारी अहिले एक्कासी आकाशिए पछि उपभोक्ता चकित भएका छन् । असार १३ गते सम्म रातो आलु प्रति धार्नी १०० रुपैयाँमा बेचिएको थियो । अहिले त्यो आलु १८० प्रति धार्नी पुगेको छ । प्रति किलो ३० रुपैयाँले किन्दै आएको टमाटर अहिले प्रति किलो ८० देखि ९० पुगेको छ ।

लौका र घिरौला अहिले प्रति किलो ८० रुपैयाँ पुगेको छ । असार महिना सम्म ४५ रुपैयामा पाउने पर्पल, अहिले १ सय ६० पर्छ। बोडी प्रतिकिलो ५० रुपैयाँमा पाइन्थ्यो, सोमबार १ सय २० रुपैयाँ पुगेको छ । अहिले राजधानीवासी हरियो तरकारी अत्यधिक महँगोमा किन्न बाध्य े भएका छन्। लकडाउन अन्त्यसँगै पछिल्लो साता संघीय राजधानी मात्रै होइन, देशभरका बासिन्दाको भान्छा महँगिएको छ।

यसका पछाडि प्राकृतिक वर्षा र बाढीसँगै बिचौलिया कारक देखिएका छन्। त्यसो त तरकारीको थोकभन्दा खुद्रा मूल्य दोब्बरसम्म देखिएको छ। थोक र खुद्रा व्यापारमा ठूलो मूल्य अन्तर छ। लकडाउनका कारण आर्थिक रूपमा धराशायी बनेका नेपालीलाई यो मूल्यवृद्धिले थप पीडा दिएको छ।

लकडाउनअघि काठमाडौं उपत्यवासीले अत्यधिक परिमाणमा चामल, दाल र खाने तेल भण्डारण गरेकाले यी खाद्यान्नको माग घटेर मूल्य बढेको छैन। मध्य असारदेखि साउन अन्तिम सातासम्म वर्षात्का कारण तरकारी बाली अधिकांश गलेर उत्पादनमा कमी आउँछ। मागअनुसार उत्पादन नहुँदा बिचौलिया र खुद्रा व्यापारीले आफूखुसी मूल्य वृद्धि गरेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्