स्नेह आश्रममा सहयोग सामाग्री हस्तान्तरण
कलाखबर संवाददाता,१२,साउन–काठमाण्डौं । मुलपानी स्थित स्नेह आश्रममा सहयोग सामाग्री हस्तान्तरण गरिएको छ । गायीका विनिता राई र सामाजसेवी रजिन बाबु राई श्यामको पहलमा संकलन भएको सामाग्री सोमबार हस्तान्तरण गरिको हो । सुलेमान शंकर ईकुले सञ्चालन गर्दै आएको आश्रममा १४ जना वालबच्चाहरु बस्दै आएका छन् ।
केही समय कलाकारिता क्षेत्रमा चर्चा कमाएको ईकुले समाज सेवा गर्ने उद्देश्यका साथ आफ्नै परिश्रमको कमाईबाट १४ जना वालबच्चा पाल्दै आएका छन् । ती वालबच्चाहरुको शिक्षादिक्षा र पालनपोषण ईकुले नै गर्दै आएका छन् । ती उदाहरणीय कार्य गरेको देखेर सहयोगी मनकारीहरुले आफ्नो ईच्छाले सकेको खाद्य तथा शैक्षिक सामाग्रीहरु सहयोग गरेका हुन् ।
कापी कलम,स्याम्फो,साबुन् भुजा ,चिउरा,जुस,रिअयल जुस,बिस्कुट,ढालमोड लगायतका अत्यावश्यक सामाग्रीहरु स्नेह आश्रमका सञ्चालक सम्झना घिमिरेले जिम्मा लिएका हुन् । सो सामाग्री वितरण गर्न विनिता राई,मोडल चेतना राई, र रजिन बाबु राई पुगेका हुन् । पहिलेदेखि नै समाजसेवा गर्ने चाहाना बोकेका रजिन बाबुले यसरी वालबच्चाहरुलाई आफूहरुले सकेको सहयोग गर्न पाउदा ज्यादै खुशी लागेको बताए ।
साथै यो कार्यमा विशेष गरि गायीका विनिता राईको महत्वपूर्ण भूमिका रहेको पनि जानकारी गराए । स्नेह आश्रमका सञ्चालक सम्झना घिमिरेले सामाग्री हस्तान्तरण गर्दै सहयोगीहरु दाताहरुलाई धन्यबाद ज्ञापन गरिन् । साथै १४ जना छोराछोरीहरुको आमा हुन पाएकोमा खुशी महसुश भएको पनि बताइन् ।