Logo

उत्कृष्ट नगरपालिका पुरस्कार हात पार्न पर्वतको नगरपालिका सफल


 

कलाखबर संवाददाता,१२,साउन–पर्वत । नेपाल नगरपालिका संघले गरेको अर्थिक बर्ष २०७५।०७६ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कार्यको पूर्व निर्धारित सूचकहरुका आधारमा विशेषज्ञहरुको टोलीवाट देशभरका नगरपालिकाहरु मूल्याङ्कन गर्दा

पर्वतको फलेवास नगरपालिकाले कार्य सम्पादनमा उत्कृष्टता प्राप्त गर्दै उत्कृष्ट नगरपालिका पुरस्कार हात पारेको हो ।

नगरपालिकावाट सम्पादित कामको उच्च मूल्याङ्कन गर्दे नेपाल नगरपालिका संघको २८ औ वार्षिक उत्सबका अवसरमा आयोजित कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्मा सम्मानित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्