Logo

बुद्ध जयन्तीको अवसरमा बिहिबार विशेष शान्ति कविता गोष्ठी सम्पन्न


कलाखबर संवाददाता,९, साउन काठमाण्डौं । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा बिहिबार काठमाडौंमा विशेष शान्ति कविता गोष्ठी सम्पन्न भएको छ । ‘सद्भाव र सिर्जना’को मूल मन्त्रसहित नेपाली भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन, संस्कृति आदि विविध क्षेत्रको उत्थानमा विगत ११ वर्षदेखि समर्पित साहित्यिक संस्था नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको आयोजन र आर्थिक समृद्धिका लागि आर्थिक सुरक्षाको नारासहित अघि बढिरहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रायोजनमा उक्त शान्ति कविता गोष्ठी सम्मपन्न भएको हो ।

गोष्ठीमा कविहरु डा। विमल कोइराला , उषा शेरचन , एसपी कोइराला, मोमिला ,केशब सिग्देल , मणि लोहनीले कविता वाचन गरेका थिए । यस्तै उक्त गोष्ठीमा अरुण वैद्य , महेश पौडेल , राजेश्वर कार्की , फूलमान वल , सविता दाहाल , अनुपम रोशी, शशी लुलुुम्बु र प्रज्ज्वल अधिकारीले शान्तिका विषयमा लेखिएका कविता वाचन गरेका थिए ।

कार्यक्रममा एनएलजी कलाश्री प्रतिभा पुरस्कारबाट कवि एवं समालोचक सुरेश हाचेकालीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा यस्तै कलाश्री साहित्य वार्षिक छपाइ पत्रिका लोकार्पण गरिएको थियो । कोरेना संक्रमणका कारण भौतिक दुरीलाई कायम राख्दै सम्पन्न उक्त गोष्ठी निकै सवाधानीका साथ आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्