Logo

प्रधानमन्त्रीको राजीनामाबाट प्रचण्ड ब्याक,मंसिर सम्म दुवै पदमा ओली नै रहने


 

कलाखबर संवाददाता,३ साउन – काठमाण्डौं । शनिबार दुई अध्यक्षबीचको छुट्टाछुट्टै भेटर्बातासँगै पार्टी सचिवालय बैठक समेत सम्पन्न भएको छ । पटक पटक सबै तहको बैठक बस्दा पनि तर कुनै ठोस निश्कर्ष भने ननिस्किएको पार्टी प्रभत्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । दिउसो ३ बजे सुरु भएको बैठक साँझ ७ ः ३० बजे सकिएको हो । तर सचिवालयमा मंसिरमा महाधिवेशन गर्ने सहमति भएको स्रोतले बताएको छ ।

अहिलेलाई नेतृत्वमा फेरबदल नगर्ने, प्रधानमन्त्री केपी ओलीले पनि राजीनामा नदिने तर मंसिरमा महाधिवेशन गरेर नयाँ तरिकाले अघि बढ्ने विषयमा लगभग सहमति भएको बुझिएको छ । महाधिवेशनअघि पुष्पकमल दाहाल कार्यकारी अध्यक्ष नै रहने, केपी ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा रहने सहमति भएको नेकपाका एक नेताले जानकारी दिएका हुन् ।

तर केही मन्त्री र मुख्यमन्त्री फेरबदल गरेर भागबण्डा मिलाउने तयारी भइरहेको ति नेताले बताए । आजको सचिवालय बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, महिला तथा समाजकल्याण मन्त्री पार्वत गुरुङ र प्रदेश पाँचका मूख्यमन्त्री शंकर पोखरेललाई पनि सहभागि गराइएको थियो ।

तिनै जनाको ठाउँमा अरु कसैलाई ल्याउने विषयमा छलफल गर्न उनीहरुलाई पनि सहभागि गराइएको बुझिएको छ । सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्