Logo

प्रचण्ड र ओलीबीच भेटबार्ता जारी,सचिवालय बैठक ३ बस्ने तयारी


कलाखबर संवाददाता,३ साउन – काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता जारी रहेको छ । आज ३ बजे बस्ने सचिवालय बैठकभन्दा अघि नै सहमतिको प्रयास खोजिने उद्देश्यले दुई अध्यक्ष छलफलमा बसेका हुन् ।

गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेपछि विवाद चर्किएको हो । तर, ओलीले भने दुवै पदबाट आफूले राजीनामा नदिने अडान लिएका छन् ।

यही विवादको बावजुद स्थायी कमिटीको बैठक साउन ४ गतेसम्मको लागि सारिएको छ ।  दुई अध्यक्षबीच पटक पटक बैठक बस्दा पनि कुनै निकास ननिस्कए पछि नेकपाको बैठक साउन ४ सम्मलाई सारिएको हो । जुन अहिले ३ बजे सचिवालय बैठक बस्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्