प्रधानमन्त्री ओलीलाई पदबाट हटाएर देश बचाउन डा. बाबुराम भट्टराईको आग्रह

कलाखबर संवाददाता,३ साउन – काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् । नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपा किन अलमलमा परेको भन्दै शनिबार बिहान ट्वीट गर्दै भट्टराईले प्रश्न समेत गरेका छन् ।
उनले ‘संसदबाटै संकटमोचन किन हुन्न रु भट्टराईले टुवीट गर्दै ओली हटाऔ, देश बचाऔ भनेका छन् । प्रधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको पनि भट्टराईले आरोप लगाएका छन् । उनले हिटलरसँग तुलना गर्दै ओलीको आलोचना समेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो रु भन्ने प्रश्न गरेका छन् । ओली हटाउन किन ढिलो भयो ? भन्दै संसदको बहुमतबाटै ओलीलाई अटाउन माग गरेका छन् ।