Logo

रानीपोखरीको काम अन्तिम चरणमा, बोरिङको पानी हालेपछि सम्पदा संरक्षण अभियन्ताको विरोध


कलाखबर संवाददाता,३ साउन –काठमाण्डौं । रानीपोखरी पुननिमांणको काम अन्तिम चरणमा पुगेको छ । पुनर्निर्माणको अन्तिम चरणमा पुगेको रानीपोखरीमा बोरिङको पानी हालेपछि विरोध भएको छ ।

पोखरीमा त्रिचन्द्र कलेजमा रहेको दुईवटा बोरिङबाट पानी हालेपछि सम्पदा संरक्षण अभियन्ताले आकासे पानी संकलण गरेर हाल्नुपर्ने बताउँदै विरोध गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संरक्षणको नाउँमा ऐतिहासिक सम्पदाको विनाश गर्न नमिल्ने अभियन्ताले बताउका छन् ।

तर, पुनर्निर्माण प्राधिकरण भने पोखरी निर्माणमा लागेका कामदारले बिना जानकारी बोरिङको पानी हालेको जनाएको छ । कामदरहरुले सोधपुछ बिना नै बोरिङको पानी राखेकाले उक्त फोहोर पानी बाहिर फालिरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्