Logo

नेकपाको बैठक फेरि साउन ४ सम्मका लागि लम्ब्यो


कलाखबर संवाददाता,२ साउन –काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी९नेकपा० को स्थायी समिति बैठक फेरि साउन ४ सम्मका लागि लम्बिएको छ । साउन २ गते ११ बजेका लागि बोलाएर दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक फेरि साउन ४ अर्थात आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए । नेकपाभित्रको विवाद कायमै रहेको र सहमतिका लागि थप समय आवश्यक भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

नेकपाका अधिकांश् स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । आजै ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

उनीहरुबीच केन्द्रीय समिति बैठक कहिले बोलाउने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ । दुई अध्यक्षबीच छलफल भएपनि कुनै ठोस निर्णय भने निस्केको छैन ।

प्रतिक्रिया दिनुहोस्