Logo

नेकपाको बैठक किन पटक पटक स्थगित हुन्छ ?


कलाखबर संवाददाता,२ साउन –काठमाण्डौं । २ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक केही घण्टाका लागि स्थगित भएको छ । बैठक विहान ११ बजेका लागि बोलाइएको थियो ।

अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीको राजिनामासँग जोडिएको बिषयले कुुनै निकास नपाएपछि पटक पटक नेकपाको बैठक स्थगित हुदै आएको छ । बिहानदेखि दुई अध्यक्षबीच छलफलका लागि बसेको बैठकमा केही समय नपुगेपछि बिहान ११ बजे बोलाइएको बैठक दिउसो ३ बजेका लागि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्