कोरोनाबाट थप एक जनाको मृत्यू
कलाखबर संवाददाता, २ साउन –सप्तरीौं । सप्तरीमा कोरोनाबाट थप एक जनाको मृत्यू भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय कोरोना संक्रमितबाट धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ७३ वर्षिय वृद्धको बिहीबार राति अन्दाजी १० बजेको समयमा मृत्यु भएको जनाइएको छ ।
कोरोना संक्रमित व्यक्तिको बिहीबार बेलुका अन्दाजी ६ बजे कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र उनको राति नै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटारले जानकारी दिए । यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।