Logo

अब एटीएम प्रयोग गर्दा शुल्क लाग्ने


कलाखबर संवाददाता,३१,असार –काठमाण्डौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीसँगै २०७६ चैत ७ गतेदेखि अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थामा बैंकहरूले रिभ्यू गर्ने भएका छन् ।

नेपाल बैंकर्स संघ, डेभलभमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधवार संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रायः बैंक तथा वित्तिय संस्था खुलेका र आवागमन खुकुलो भइसकेको भन्दै अन्तर बैंक एटीएमबाट कारोबार गर्दा शुल्क लिनेरनलिने निर्णय सम्बन्धित बैंकले नै गर्ने जनाएका हुन्।

२०७७ साउन १ गतेदेखि विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लिनेरनलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने बेहोरा अनुरोध गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

हाल प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुला रहेको तथा बन्दाबन्दी समेत खुकुलो भई आवतजावत खुकुलो भइसकेको अवस्थामा मिति ०१।०४।२०७७ पश्चात् विद्युतीय कारोवार तथा नगद झिक्न अन्तर(बैकएटीएम प्रयोग गर्दा शुल्क लिने नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैले निर्धारण गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्