Logo

मेलम्चीको सुरुङभित्र गाडी छिर्दा २ बेपत्ता २ घाईते


 

कलाखबर संवाददाता,३० असार –काठमाण्डौं । मंगलबार मध्यान्ह साढे १२ बजे मेलम्चीको सुरुङ भित्र ईन्जियर सहितको रातो गाडी छिरेको छ । मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको टनेलको ढोका एक्कासि खुलेपछि सो गाडीभित्र छिरेको हो । सुरूङभित्रबाट आएको भेलमा रातो हाइलक्स गाडी बगाएर ल्याएको देखेपछि प्रत्यक्षदर्शीले सुरक्षा निकायलाई खबर गरेका थिए । त्यतिन्जेल गाडी मेलम्ची खोलामै खसिसकेको थियो। केहीबेरमा पुगेका सुरक्षाकर्मीले भेलबाटै २ जनाको उद्धार गरे ।
गाडीभित्र रहेका इञ्जिनियर र चालक अझै हराइरहेका छन् ।

मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको ठाउँभन्दा करिब एक हजार मिटरको दूरीमा टनेल नम्बर १७ को ढोका फुटेर आएको भेलले इञ्जिनियर २७ वर्षीय सतिस गोइत र चालक ५६ वर्षीय राधाकृष्ण थापा बे’पत्ता छन्। घा’इते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ। सुरूङभित्र पानी पठाउने ठाउँ इन्टेकदेखि करिब एक हजार मिटर दूरीमा रहेको अम्बाथान टनेलको ढोका एक्कासि खुलेर भेलले दुई जना घा’इते र दुई जना बे’पत्ता बनाएको हो । सुरूङ परीक्षणका लागि सुरूङभित्र मेलम्चीको पानी हालिएको थियो।

त्यही संकलित पानी टनेलको ढोका फुट्दा भेल आएको हो। भेलले गाडीसहित २ जनालाई बगाएर मेलम्चीमा पुर्याएको देखिन्छ।’ सुरुङछेउ मेलम्ची खोलामा रातो हाइलक्स गाडी पानीभित्र देखिए पनि त्यहाँ इञ्जिनियर र चालक नभेटिएको उनले जानकारी दिए। बेपत्ताहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ। सुरूङभित्र पानी परीक्षणको अवस्था हेर्न गएका इञ्जिनियर सहितको टोली बेपत्ता भएका हुन्। यसअघि असार २१ गते मेलम्चीमा मुहानदेखि आठ सय मिटरसम्म सुरूङमा पानी पठाएर सफल परीक्षण गरिएको थियो ।

१७ नम्बर टनेलबाट सुन्दरीजलसम्म पानी खसाल्न मेलम्चीको पानी सुरूङभित्र केही दिनदेखि जम्मा गरिएको थियो । सुरूङभित्र रहेका ४ जनामध्ये २ जना पुलसँगैको सुरूङबाट बाहिर निस्किँदा जिउदै भेटिए । २ जना पुलमुनिको अर्को सुरूङबाट खोलामा बगेर बेपत्ता भएको अनुमान छ। पुलसहितको सुरूङबाट भित्र गएको गाडी पानीको भेलले पुलमुनिको अर्को सुरूङबाट बाहिर निस्कियो। आयोजनाले करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिन करिब २० दिन लाग्ने अनुमान गरेको थियो।

पहिलो दिन आठ सय मिटरसम्म सफल परीक्षण गरिएको थियो। सुरूङ परीक्षणका लागि दश दिनदेखि मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको थियो। आयोजनाले हावाका चापका कारण टनेल फुटेको हुन सक्ने अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले टनेल फुटेर घा’इते भएकालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको बताए।

‘घाइतेलाई उद्धार गरी मेलम्ची प्राथमिक स्वास्थ चौकीमा उपचार गरी थप उपचारलाई काठमाडौं पठाइएको छ,उनले भने। घा’इतेको घुँडा, हातलगायतमा चोट लागेको उनले बताए। इञ्जिनियर चढेको रातो हाइलक्स गाडी मेलम्ची खोलामा देखिएकोले इञ्जिनियर र चालक खोलाले बगाएको हुनसक्ने भएकोले खोजी कार्य जारी राखिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्