Logo

कोरोना संक्रमणबाट निको हुने संख्या बढ्यो,अब नेपाली जनतामा छाउन थाल्यो खुशी


 

कलाखबर संवाददाता,२९,असार–काठमाण्डौं । कोरोना संक्रमणबाट त्रास छाएका आम नेपालीमा अब बिस्तारै खुशी महसुश हुन थालेका छन् । दिनानुदिन संक्रमित संख्या घट्दै गएपछि देशबासी जनतामा खुशी छाउन थालेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना कोरोना भाईसर संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् । दिनहँु जस्तो प्राय पाँच सयदेखि ९ सय सम्मको संख्यामा देखिन थालेका संक्रमित संख्या अहिले घटेको छ ।

सोम्बार जम्मा १४४ जनामा मात्र संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । यस्तै अहिलेसम्म निको भएकासहितको कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको पनि गौतमले बताए । उनका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्