पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै नेपाल विद्यार्थी संघको धर्ना

कलाखबर संवाददाता,२८,असार –काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगम लिमिटेडको गेट अगाडि धर्ना दिएको छ ।
कोरोनाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पटक(पटक पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएकोले बाध्य भएर धर्ना दिनु परेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
लकडाउनको तीन महिनाको अवधिमा मात्र ३ अर्ब नाफा गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्यवृद्धि हुँदा पेट्रोलियम पदार्थमा पटक पटक मूल्य वृद्धि गरिने गलत भएको भन्दै आइतबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म एक घण्टा धर्ना दिइएको भट्टराईले बताए ।