Logo

नयाँ सरकार गठन गर्ने ओलीको अन्तिम तयारी,राम बहादुर थापा र बीना मगरबाहेक सबै मन्त्रीहरु हेरफेर हुने


कलाखबर संवाददाता,२७,असार –काठमाण्डौं । ओलीले नयाँ सरकार परिवर्तनको अन्तिम तयारी गरेको छ । उनले अब बनाउने नयाँ सरकारमा प्रचण्डको बुहारी बिना मगर र गृहमन्त्री राम बहादुर थापा बादल बाहेक सबै नयाँ अनुहारलाई प्राथामिकता दिइने बुझिएको छ । ओलीकै नेतृत्वमा सरकार चलाउने र केही मन्त्री हेरफेर गर्ने गरी सहमतिको हुने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर गठन भएको नेकपाले अहिले सरकार चलाइरहेको छ । ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित २० मन्त्री र तीन राज्यमन्त्री छन्। सञ्चार र सहरी गरी दुईवटा मन्त्रालय रिक्त रहेको छ।सो मन्त्रिपरिषदमा सात जना पूर्वमाओवादी समूहबाट मन्त्री बनाइएको छ ।

अब मन्त्रिपरिषद् पुनर्गठन हुँदा पूर्वमाओवादीका मन्त्रीहरु पनि परिवर्तन हुने देखिएको छ । पूर्व माओवादीबाट गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, ऊर्जामन्त्री वर्षमान पुन, उद्योग मन्त्री लेखराज भट्ट, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगरले ओली सरकारमा प्रतिनिधित्व जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्