Logo

सरकारले अनुमति दिए पनि राजधानीमा सार्बजनिक यातायात चलेन ?


कलाखबर संवाददाता,२७,असार –काठमाण्डौं । लामो समय लकडाउनको प्रभावले थन्किएका करिब १०६ दिनपछि सरकारले सार्बजनिक यातायात चल्न अनुमति दिएको छ । तर आज तेस्रो दिन हुंदा सम्म पनि यातायात व्यावसायीले गाडी चलाउन मानेको छैन । सरकारले छोटो दूरीका सवारीसाधनको सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने बताएको छ ।

लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन गर्न नसकिने महासंघको भनाइ छ । यस्तै अन्य यातायात व्यवसायीले पनि सवारीसाधन चलाउन चासो देखाएका छैनन् ।

लकडाउनको १०९ दिनपछि सवारीसाधन खुल्दा स्वतस्फूर्त रुपमा निस्किनुपर्ने थियो । तर, त्यसको ठीक विपरित कोही पनि गाडी निकाल्न तयार भएनन् ।

प्रतिक्रिया दिनुहोस्